Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १३ : ३८ मा प्रकाशित

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेजसँग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । 

यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट÷ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।

एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको