Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनले चाहे बैंकलाई ब्रोकर लाइसेन्स दिन आईतबार कुर्नु पर्दैन, यस्ता छन् अध्यक्षका चुनौती र अवसरहरु

बसन्त पाण्डे

शनिबार, १४ फागुन २०७८, १७ : ५६ मा प्रकाशित

सेबाेनले चाहे बैंकलाई ब्रोकर लाइसेन्स दिन आईतबार कुर्नु पर्दैन, यस्ता छन् अध्यक्षका चुनौती र अवसरहरु

लामो समयको प्रतीक्षापछि धितोपत्र बोर्डले  नेतृत्व पाएको छ। केहि समयअघि मन्त्रिपरिषदले रमेश कुमार हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।  

धितोपत्र बोर्ड नेतृत्वबिहिन हुँदा बोर्डका कामकारबाही प्रभावित हुँदै आएका थिए। नेपाल राष्ट्र बैंकका कतिपय नीतिगत व्यवस्थाहरुका कारण पुँजी बजारमा प्रत्यक्ष प्रभाव परेको भन्दै लगानीकर्ताहरु राष्ट्र बैंक तथा अर्थमन्त्रालय पुग्दा पुँजीबजारको नियामक धितोपत्र बोर्ड भएको र लगानीकर्ताहरुका समस्या तथा गुनासाहरु धितोपत्र बोर्डबाट समाधान हुनुपर्ने भन्दै राष्ट्र बैंक तथा अर्थमन्त्रालयका पदाधिकारीहरु पन्छिरहेका थिए। आफ्ना समस्या तथा गुनासाहरुलाई लिएर लगानीकर्ताहरु धितोपत्र बोर्ड पुग्दा बोर्ड नेतृत्वविहिन अवस्थामा रहेको हुँदा कर्मचारी वर्गबाट दैनिक कामकाजका काम बाहेक नीतिगत तहमा केहि गर्न सकिने अवस्था नरहेको भन्दै धितोपत्र बोर्डपनि पन्छिने गरेको थियो। 

यी सबै घटनाहरुबाट आजित भएका लगानीकर्ताहरु धितोपत्र बोर्डमा नयाँ अध्यक्षको नियुक्ति भएसँगै उत्साहित भएका छन। पुँजी बजारको विकास र विस्तारको लागि धेरै कामहरु गर्नुपर्ने आवश्यकता रहेको आवाज उठिरहँदा बोर्डको नयाँ नेतृत्वसँग लगानीकर्ताहरुका अपेक्षाहरु के के हुन् भन्ने विषयमा आजको यो आलेख केन्द्रित छ।  

तुलसी राम ढकाल, अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम 

सर्बप्रथम त नवनियुक्त अध्यक्षज्यू लाई बधाई दिन चाहन्छु। उहाँको कार्यकाल सफल र स्मरणीय रहोस भन्ने कामना पनि गर्न चाहन्छु। 
नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षको हैसियतले सम्पूर्ण लगानीकर्ताहरुको प्रतिनिधित्व गर्दै म के भन्न चाहन्छु भने जब धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सचेत गराउने नाममा लगानीको लागि जोखिमपूर्ण भन्दै ५१ वटा कम्पनीहरुको लिस्ट सार्वजनिक गर्यो, त्यसपछि पुँजीबजार माथि यो वा त्यो बहानामा प्रहार हुने क्रम जारी रह्यो। राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ को क्याप लगाईदियो जसले बजारलाई निक्कै प्यानिक बनायो। यसबीचमा हामीले हाम्रा समस्याहरु लाई लिएर अर्थमन्त्रीज्यूलाई भेट्दा पनि उहाँले अब छिट्टै नै धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति हुनेछ अनि तपाईंहरुका समस्याहरुलाई उहाँले सम्बोधन गर्नुहुनेछ भन्नुभएको थियो। नयाँ अध्यक्षसंग हाम्रा थुप्रै अपेक्षाहरु छन र उहाँको नियुक्तिसँगै सेयर बजारले उचाई चुम्नेमा हामी निक्कै आशावादी पनि छौं। 

नेपाल राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर शिबराज श्रेष्ठको नेतृत्वमा बनेको कार्यदलले पुँजीबजारको सुधारका निम्ति गर्नुपर्ने कामहरुलाई समेटेर ५८ बुँदे प्रतिवेदन सार्वजनिक गरेको थियो।  त्यो प्रतिवेदनमा उल्लेखित कतिपय कामहरु त भएका छन तर कतिपय महत्वपुर्ण कामहरु हुन सकेका छैनन्।  जस्तै: बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने कुरा, ब्रोकर मार्फत मार्जिन लेन्डिंग जस्ता महत्वपूर्ण कुराहरु कार्यान्वयन हुन सकेका छैनन्। यी कुराहरुमा नवनियुक्त अध्यक्षको ध्यान जाओस भन्ने हाम्रो अपेक्षा छ।  

तिलक कोइराला, लगानीकर्ता 

धितोपत्र बोर्डका नयाँ अध्यक्षलाई स्वागत गर्दै हाम्रो महत्वपुर्ण प्रश्न यो छ कि नीतिनियम, प्रविधि र पूर्वाधारबाट समुन्नत बनाएर धितोपत्र बजारलाई स्वचालित बनाउने हो कि होइन ? ५८ बुँदे प्रतिवेदनका बाँकी कामहरु तत्काल गर्नुभयो भने उहाँको कार्यकाल सार्थक हुनेछ। 

राष्ट्र बैंकको एउटा मौद्रिक नीतिकै समिक्षाले पनि सेयर बजारमा अत्याधिक प्रभाव पर्ने अवस्थाको सिर्जना हुनुमा मार्जिन प्रकृतिको कर्जा लिन लगानीकर्ताहरु बैंक वित्तिय संस्थाहरुमै जानुपर्ने बाध्यात्मक अवस्था नै हो। यदि ब्रोकर मार्फत मार्जिन ट्रेडिङ्गको व्यवस्था गरियो, बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलालको लाइसेन्स प्रदान गरियो र ब्रोकरहरुलाई एजेन्ट मोडेलमा पनि काम गर्न दिने व्यवस्था लगायतका कामहरु गरियो भने हाम्रो सेयर बजार निकै माथि जानेछ।  

हरी ढकाल, लगानीकर्ता 
५८ बुँदे प्रतिवेदनमा उल्लेखित कतिपय महत्वपुर्ण बुँदाहरु कार्यान्वयन हुन सकेका छैनन्।  ती बुँदाहरु यथासिघ्र कार्यान्वयनमा आउनु पुँजीबजारको स्थायित्व र विकासको लागि अनिवार्य छ।  

नवनियुक्त अध्यक्षसामू रहेको सबैभन्दा ठूलो चुनौतीको रुपमा मैले बुक बिल्डिंग बिधिमार्फत सेयर जारी गर्ने कुरालाई लिएको छु। यसअघिका अध्यक्ष यहि केसमा बर्खास्त भएको पृष्ठभूमिमा अब यो बिधिबाट सेयर जारी हुँदा सर्वसाधारण लगानीकर्ताहरुसम्म आइपुग्दा फेयर मूल्यमा आइपुग्छ कि आइपुग्दैन भन्ने हो।  

अहिले लगानीकर्ताहरुको मनोबल कमजोर भैरहेको अवस्था छ। राष्ट्र बैंकका नीतिहरूले सेयर बजारलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ। अहिले आएर के पनि लागिरहेको छ भने राष्ट्र बैंकले राजनीति गर्दैछ।  योजनाबद्ध रुपमा सेयर बजारलाई प्रहर गरिरहेको छ कि जस्तो पनि लाग्छ। नवनियुक्त अध्यक्षसामू रहेको अर्को चुनौती भनेको राष्ट्र बैंकलाई सेयर बजारको महत्व र दायराको बारेमा बुझाउनु पनि हो।  राष्ट्र बैंकलाई सेयर बजारको बारेमा सकारात्मक बनाउन सक्नुभयो भने त्यो उहाँको सबैभन्दा ठूलो उपलब्धि हुनेछ। 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको