चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बिच “आईडिया टु आईपीओ” सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको विद्यमान अवस्था, कम्पनीको प्रबन्धपत्र नियमावली, धितोपत्र बोर्ड, कम्पनी ऐनमा भएको व्यवस्थाहरुको अध्ययन गरी उक्त कम्पनीको कारोबारको दायरा विस्तार गरिदिन, प्राइभेट इक्वीटी वा भेन्चर क्यापिटल तथा लगानी व्यवस्थापन सेवा संचालन गर्नको लागि सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको सम्पूर्ण कागजात, पूर्वधारहरु र अन्य मापदण्ड पूरा गरी सम्बन्धित निकायहरुमा स्वीकृती लिनको लागि निवेदन पेश गरिने छ ।
“आईडिया टु आईपीओ” सेवा अन्तर्गत यस क्यापिटलले चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्टको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु फागुन १२ गते बिहीबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, एनेक्सर भवन, टंक प्रसाद घुम्तीसडक, अनामनगर, काठमाण्डौ मार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभाव लगायत सम्बन्धित सबैमा जानकारी गराएको छ । साथै उक्त कम्पनीका शेयरधनीहरुले सहज रुपमा आफ्नो नाममा भएको शेयर कारोबार गर्न मिल्ने गरी ओटिसी मार्केटमा सूचिकरण गराइदिनेछ ।
यसका साथै क्यापिटलले उक्त चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्टलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने छ ।
एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापना देखि आइपीओसम्मको कार्यलाई एकिकृत रुपमा सेवा उपलब्ध गराउने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस