Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, ११ : ४० मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन १५ गते,  आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि फागुन १६ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज फागुन १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीकाे फागुन ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे अठ्ठाईसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार कम्पनीकाे केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडाैँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ ।

सभामा कम्पनीकाे पौष २१ गते, बुधबार बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको