Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी, ल्यायो क्यासब्याक पनि

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, १२ : ४३ मा प्रकाशित

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी, ल्यायो क्यासब्याक पनि

खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याएकाे छ । यसै साथै १०% क्यासब्याक को अफर रहेकाे छ । 

समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउँदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ । प्रयोगकर्ताले १०% क्यासब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड NATIONAL100 प्रयोग गरि प्राप्त गर्नसक्नेछन्।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क 'खल्ती' बाट यस प्रकार तिर्न सकिन्छ :

१. 'खल्ती' एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने,

२. “नेशनल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने,

३. "DOB" र "Policy Number " भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्,

४. अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने ।

त्यसैगरी, ५ हजार रूपैयाँमाथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो 'खल्ती' केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको