Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र दराजबीच ‘दराज वालेट डे ’ सम्बन्धी सम्झौता, ग्राहकलाई विशेष छुट

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, १३ : ५४ मा प्रकाशित

आइएमई पे र दराजबीच ‘दराज वालेट डे ’ सम्बन्धी सम्झौता, ग्राहकलाई विशेष छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ ।  जस अनुसार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १०% छुट (३५० र ५०० रूपैयाँसम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । 

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।

हरेक आइतबार वालेट डेको शुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फुँयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको