Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकका ग्राहकहरुलाई सोवा हेल्थ केयर सेन्टरमा विशेष छुट

अर्थ संसार

सोमबार, १६ फागुन २०७८, १५ : २५ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरुलाई सोवा हेल्थ केयर सेन्टरमा विशेष छुट

एनएमबि बैंकले जावलाखेलस्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख– रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विशेष छुट उपलब्ध गराउनेछ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको