नेपाल राष्ट्र बैंक लिमिटेडले २५ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल चैत्र १ गतेदेखि २०७९ साल फागुन ३० गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० कराेड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ कराेड २५ लाख रुपैयाँ गरी कूल २५ कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले फागुन २० गते बिहान १० बजेदेखि बेलुका ३ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस