Like us!
Follow us!
Connect us!
Watch us!

१० कराेड ४८ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १४ : ३० मा प्रकाशित

१० कराेड ४८ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १० कराेड ४८ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे विभिन्न काेषमा रहेकाे १० कराेड ४८ लाख रूपैयाँ बराबरकाे रकम ३६५ दिनकाे अवधिका लागि (२०७९ साल फागुन २ गतेदेखि २०८० साल फागुन १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे छ । बैंकले क वर्गका वाणिज्य बैंकहरूमा ८ कराेड ३९ लाख रूपैयाँ, ख वर्गकाे विकास बैंकहरूमा १ कराेड ५७ लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा ५२ लाख रूपैयाँ बराबरकाे रकम लगानी गर्न लागेकाे हाे ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते राति १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

63d78752799ab.jpg 63d7875931abc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको