नेपाल राष्ट्र बैंकले ४१ करोड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।
बैंकले बैंककाे उपदान तथा पेन्सन काेषमा रहेकाे ४१ करोड रूपैयाँ बराबरकाे रकम ३६५ दिनकाे अवधिका लागि (२०८० साल साउन १६ गतेदेखि २०८१ साल साउन १६ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे छ । बैंकले क वर्गका वाणिज्य बैंकहरूमा ३२ करोड ८० लाख रूपैयाँ, ख वर्गकाे विकास बैंकहरूमा ६ करोड १५ लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा २ करोड ५ लाख रूपैयाँ बराबरकाे रकम लगानी गर्न लागेकाे हाे ।
बैंक तथा वित्तीय संस्थाले साउन १२ गते बिहान १० बजेदेखि राति ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।



अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस