Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्ब ३१ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १२ : ५३ मा प्रकाशित

४ अर्ब ३१ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ४ अर्ब ३१ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले कर्मचारी संरक्षण काेषमा रहेकाे एक अर्ब २७ कराेड रूपैयाँ बराबरकाे रकम ३६६ दिनकाे अवधिका लागि (२०७९ साल पाैष १ गतेदेखि २०८० साल मंसिर ३० गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

त्यसैगरी, बैंकले उपदान तथा पेन्सन काेषमा रहेकाे ३ अर्ब ४ कराेड रूपैयाँ बराबरकाे रकम  ३६६ दिनकाे अवधिका लागि (२०७९ साल पाैष १ गतेदेखि २०८० साल मंसिर ३० गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे छ । 

बैंक तथा वित्तीय संस्थाले मंसिर २५ गते बिहान १० बजेदेखि बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

63903e64c34da.jpg 63903e6b80f7c.jpg 63903e77f30f3.jpg 63903e7f30ae7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको