Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

अर्थ संसार

सोमबार, १६ फागुन २०७८, १९ : १४ मा प्रकाशित

जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल जाल्पा लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।

सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था  र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  बिमला योगीले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक  दिनेश थकालीले हस्ताक्षर गर्नु भएको छ ।

२०७८ फाल्गुण १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्तवित्तिय संस्था लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पाल घुवित्तवित्तिय संस्थालिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको