एशिएन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको करसहित २ प्रतिशत नगद लाभांश माघ ११ गतेसम्ममा बैंक खाता अद्यावधिक गराउने सबै सेयरधनीहरुको बैंक खातामा नगद जम्मा भइसकेको कम्पनीले जनाएको छ ।
हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस