Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएस सुधार गर्न अर्थमन्त्रीकाे निर्देशन, भन्छन् "नेप्से र सेबाेनबीच तालमेल आवश्यक देखियो"

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १२ : ४३ मा प्रकाशित

टिएमएस सुधार गर्न अर्थमन्त्रीकाे निर्देशन, भन्छन् "नेप्से र सेबाेनबीच तालमेल आवश्यक देखियो"

अर्थमनन्त्री जनार्दन शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का बीच तालमेल आवश्यक देखिएकाे बताएका छन् ।

 अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा कुराकानी गर्दै उनले नेप्से र सेबाेनबीच तालमेल आवश्यक देखिएकाे बताएका हुन् ।

यसका साथै मन्त्री शर्माले टिमएस सुधार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

साेही कार्यक्रममा बाेल्दै उनले ब्राेकर कम्पनीहरूकाे दक्षता पनि बढाउनु पर्ने बताएका छन् । ब्रोकर कम्पनीहरूबाट सेयर खरिदबिक्री मात्र गर्नुभन्दा पनि उनीहरूले राम्ररी अनुसन्धान गरी लगानीकर्ताहरूलाई के गर्दा सही हुन्छ भन्ने मार्ग समेत देखाउनु पर्ने उनको तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको