Like us!
Follow us!
Connect us!
Watch us!

बीमा गर्न अझै हिच्किचाहट

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १३ : ३४ मा प्रकाशित

बीमा गर्न अझै हिच्किचाहट

जीवन बिमाको उपयोगिता नबुझ्दा बिमा गर्न अझै नागरिकहरु हिच्किचाउने गरेका छन् । गाउँ टोलसम्म बिमासम्बन्धी ज्ञान र त्यसको महत्व पुर्याउन नसक्दा नागरिक बिमा गर्नबाट बञ्चित छन । 

बिमामा गरेको लगानी सुरक्षित हुने वा नहुने बारे अन्यौल भएका नागरिकहरूलाई बिमा अभिकर्ताहरूले बुझाउन नसक्दा जोखिमबाट मुक्त हुन नसकेको तेह्रथुमको सदरमुकाम म्याङलुङमा आयोजित जीवन बिमासम्बन्धी सेमिनारमा सहभागीहरूले बताएका छन् ।

हरेक नागरिकले जीवन बिमाको महत्वको बारे ज्ञानको कमी रहेको कार्यक्रममा सहभागी निता लिम्बूले बताइन । उनले भनिन्, ‘बिमा बारे तालिम भए पनि अझै गाउँगाउँमा यसको महत्व बुझ्न सकेका छैनन् । केही जान्ने बुझ्नेले बिमा गरे पनि सबै नागरिकसम्म यसको सूचना पुगेकै छैन त्यसैले बिमा गर्न मान्दैनन् ।’

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेह्रथुम उपशाखाले आयोजना गरेको सेमिनारमा जिल्लाका ६ वटै पालिका गरी ६० जना सहभागी थिए । कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश १ का प्रमुख मदन गौतमले जीवन बिमाको महत्व, फाइदा, विशेषता, बिमा क्षेत्रबाट गर्न सकिने आम्दानी र बचतको बिषयमा प्रशिक्षण दिएका थिए ।

बिमाको महत्व बारे बिमा अभिकर्ताहरूले आफू पनि अध्यायन गरी नागरिकहरूसम्म पुर्याउनु पर्ने ज्योति लाईफ इन्स्योरेन्स तेह्रथुमका प्रमुख टिआर सेनेहाङले बताए । ज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रकारका घातक रोगको लागि सेवा दिने भएकाले पनि नागरिकलाई बिमा गर्न आवश्यक रहेको सहभागीले धारणा राखेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको