Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय साक्षरताकाे अभावले बजार भाेलाटायल भयाे : रमेश कुमार हमाल

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १३ : ४५ मा प्रकाशित

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले वित्तीय साक्षरताकाे अभावले गर्दा बजार भाेलाटायल भएकाे बताएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा कुराकानी गर्दै उनले नेपालकाे सेयर बजारमा भएका लगानीकर्ताहरूमा वित्तीय साक्षरताकाे कमी भएकै कारण बजार भाेलाटायल भएकाे बताएका हुन् । उनले अहिलेकाे अवस्थामा सेयर बजारकाे समग्र विकासका लागि वित्तीय साक्षरता जस्ता महत्वपूर्ण कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

ब्राेकर कमिसन परिमार्जन हुन्छ : बाेर्ड अध्यक्ष, हमाल

उनले अब सेबाेनले पनि वित्तीय साक्षरतालाई पहिलाे प्राथमिकतामा राख्ने बताएका छन् । उनले अब बजारमा संस्थागत लगानीकर्ताहरू प्रवेश गराउने विषयलाई सेबाेनले प्राथमिकता दिने बताएका छन् ।

यसका साथै, उक्त कार्यक्रममा बाेल्दै उनले ब्राेकर कमिसन परिमार्जन हुने पनि बताएका छन् । उनले हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने सन्दर्भमा आवश्यक अध्ययन भइरहेको जानकारी दिँदै साे अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक प्रकृया पुरा गरी आवश्यकताका आधारमा हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको