Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आईपीओबाट वैदेशिक रोजगारीमा गएकालाई आरक्षण, दशैँअघि नै ब्रोकर आवेदन खोल्छौँ : हमाल

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, १३ : ०१ मा प्रकाशित

आगामी आईपीओबाट वैदेशिक रोजगारीमा गएकालाई आरक्षण, दशैँअघि नै ब्रोकर आवेदन खोल्छौँ : हमाल

नेपाल धितापत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अब खुल्ने आईपीओबाट नै वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई कोटा छुट्ट्याइने बताएका छन् । 

अर्थसंसारसँगको कुराकानीमा हमालले नेपाल सरकार मन्त्रीपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ पाँचौ संशोधन प्रस्तावलाई पारित गरेसँगै अब आउने आईपीओबाट नै बैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई १० प्रतिशत आरक्षण दिने तयारी भएको बताएका छन्  । 

‘क्याबिनेटबाट संसोधित नियमावली पारित भइसकेको छ, हाम्रो आजको बोर्ड बैठकले उक्त नियमावलीलाई कार्यन्वयनमा लैजाने निर्णय गरिसकेको छ’ हमालले भने ‘अब आगामी दिनहरुमा निष्काशन हुने आईपीबाट नै वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आरक्षण पाउनछन् ।’

दशैँअघि नै ब्रोकर आवेदन

मन्त्रीपरिषद् बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ चौथो संसोधन पारित गरेसँगै नेपाल धितोपत्र बोर्डले दशैँअघि नै ब्रोकर लाईसेन्सका लागि आवेदन खुलाउने तयारी गरेको छ । 

संसोधित नियमावली अनुसार आवेदन दिने सबै योग्य ब्रोकरहरुले ब्रोकर सञ्चालनको अनुमति पाउनेछन् । ब्रोकर कम्पनीको चुक्ता पुँजीलाई तीन वटा तहमा विभाजन गरेर २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ प्रस्ताव गरिएकोमा परिमार्जित व्यवस्था अनुसार अब सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्याइएको छ । यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीको एक अर्ब रुपैयाँ पुगेको छ । 

नयाँ व्यवस्था अनुसार अब इच्छुक कम्पनी वा संगठित संस्थाले हरेक आर्थिक वर्षको पहिलो महिनाभित्र स्टक एक्सचेञ्जमा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नयाँ व्यवस्था अनुसार अब उप्रान्त योग्यता पुग्ने जो कोही पनि धितोपत्र दलालको रुपमा काम गर्न योग्य हुनेछन् । तोकिएको मापदण्ड पूरा गरेपछि बोकरको तहअनुसारको लाइसेन्स प्राप्त गर्न सकिनेछ ।

‘ सकेसम्म दशै अघि नै ब्रोकर लाईसेन्सका लागि आवेदन खुलाउने तयारी गरेका छौ’ अध्यक्ष हमालले भने ‘अब हामी कुनै पनि बहानामा यो कार्यलाई ढिला हुन दिने पक्षमा छैनौ संभवत नेपालमा पहिलो पटक खुला रुपले यहि दशै अघि नै तिनै तहका ब्रोकरहरुका लागि आवेदन खुल्नेछ जसमा आवेदन दिने सबै योग्य कम्पनीहरुले ब्रोकर व्यवसाय सञ्चालन गर्ने अनुमति पाउनेछन् ।’ 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको