Like us!
Follow us!
Connect us!
Watch us!

निष्पक्षता र पारदर्शिता, मेराे पहिलाे प्राथमिकता : बाेर्ड अध्यक्ष हमालसँगकाे अन्तर्वार्ता

अर्थ संसार टक

बुधबार, २५ फागुन २०७८, १३ : ४२ मा प्रकाशित

आफूले इन्जिनियरिङ्ग गरेको भएपनि आफ्नो चासो भने सदैव कमर्सियल क्षेत्रमा रहको बताउँछन् नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष रमेश कुमार हमाल । कमर्सियल फिल्डमा रूची भएका उनले  करिव ७ वर्ष इन्जिनियरिङ्गमा कमर्सियल फिल्डमै बजेटिङ साइडमा काम गरेर पछि स्कोलरसीपमा एआइटीमा एमबिए फाइनान्स गरे । त्यसपछि उनले युनाइटेड नेसनमा फण्ड म्यानेजमेन्ट मै काम गरे र अन्य प्राइभेट सेक्टरमा पनि म्यानेजमेन्ट क्षेत्रमै काम गरे । सधैँ कमर्सियल र इकोनोमी फिल्डलाई नै आधार बनाएका उनले अधिकांश जीन्दगी नै यही क्षेत्रमा बिताई सकेका छन् । 

करिव २० वर्ष देश बाहिर बसेका उनले आफू सरकारी सेवामा आउँछु भन्ने कल्पना पनि गरेका थिएनन् । उनले आफ्ने जीन्दगी सधैँ केही फण्डामेन्टल भ्यालू र प्रिन्सीपलमा चलाउँछन् । दुर्गम क्षेत्रबाट सरकारी स्कुलमा पढेका उनीसँग अन्तर्राष्ट्रिय अनुभव छ । विदेशबाट नेपाल आउनुमा आफ्नो फिलोसोपी म्याच भएको उनको धारणा छ । आफ्नो जरा परिवर्तन गर्न सक्दैनौँ भन्ने मान्यता भएका उनलाई अन्य देशको नागरिकता लिन मन लागेन । एउट वृक्षले आफ्नो जरा परिवर्तन गर्न नसकेझैँ मान्छे पनि त्यस्तै रहेको हुनाले अन्य कुनै देशको नागरिकता लिनु उनलाई मान्य लागेन । नेपाल अर्थात् आफ्ने जरामा नै आएर केही अर्थपूर्ण काम गर्ने उद्देश्यले उनी नेपाल फर्किए । जागिर खान नभएर जागिर सृजना गर्ने वातावरणमा मद्दत गर्न आफू नेपाल आएको उनले बताए । 

अहिलेको धितोपत्र बजार विस्तृत रूपमा फैलिएको अवस्थामा यसमा केही कठिनाई र अफ्ठ्याराहरू देखिएको र पद पनि खाली भएको अवस्थामा यसका समाधान खोजिरहेका पोलिटिकल फिगरहरूसँग उनको जम्का भेट भयो । आफूजस्तै अनुभवी व्यक्ति उक्त पदमा आएमा नियमनकारी निकायको केही विकास होला की भन्ने भनाईबाट उम्रिएर आफू अध्यक्षसम्म पुगेको उनले जानकारी दिए ।

नेपालमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ की छैन भन्ने प्रश्नमा उनले यसरी जवाफ दिए, "आवश्यक छ छैन भन्ने कुरामा अध्ययन गर्नुपर्छ । म आफ्नो कुरामा दृढ छु की अध्ययन बीना बोल्ने अधिकार चाँही मलाई छैन जुन निकायमा म आएको छु । म एउटा नियुट्रल व्यक्ति भएको भए मैले बोल्न मिल्थ्यो । अहिले म एउटा नियमनकारी निकायको मान्छे छु । मेरो शब्दमा मार्केटमा केही कुरा अफ्ठ्यारो वा सजिलो हुनसक्छ । मेरो अधिकारको क्षेत्र यो हैन । मैले कसैको लगानीलाई धरापमा पार्ने गरेर बोल्नु ठिक हुँदैन । मैले अध्ययन गरेर बोल्नु पर्छ । कम्पिटीसन राम्रो कुरा हो । कम्पिटीसनले मात्रै प्रोफेसनल डेभलपमेन्ट हुन्छ । स्टेक होल्डरहरूलाई लागत, कस्टिङदेखि लिएर सर्भिस लेभल जस्ता सबै कुराको सुविधा चाँही कम्पिटीसनले नै हुने हो । त्यो अनुसारले अर्को एक्सचेञ्ज चाहिन पनि सक्छ । त्यो राम्रो कुरा हो । मार्केटमा धेरै कुराहरू पोजेटिभ पनि छन् । पुराना अध्यक्षहरूले पनि बारम्बार भनिरहनु भएको छ । तर अध्ययन गरेर एउटा उचित मोडल निकाल्नु जरूरी छ । त्यसपछि मात्र निस्कर्ष लिन सकिन्छ।"

निष्पक्षता र पारदर्शितालाई आफूले सधैँ प्राथमिकतामा राखेको उनी बताउँछन् ।  

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले  भने, "मेरो प्रमुख प्राथमिकता भनेको बजारमा निष्पक्षता र पारदर्शिता ल्याउनु नै हो । एउटा किसिमको माइन्ड सेट र कल्चर चेञ्ज गर्ने । त्यो चेञ्ज भएपछि सबै कुराहरू ट्र्याकमा आउँछ । मलाई सर्वप्रथम यो नियमनकारी निकायको साख र नाक जुन छ सर्वप्रथम त्यसलाई बढाउनु पर्नेछ । यसलाई बजारले पत्याओस् । यो एउटा डिपेन्डेबल संस्था होस् । यसले गर्ने निर्णयहरू परिपक्व होस् । यसमा निष्पक्षता र पारदर्शिता  हुन्छ भन्ने कुरा जनतालाई विश्वास लागोस् । त्यो भनेको एउटा आधारभूत कुरा निर्माण भयो । त्यसपछि हरेक कुरा सजिलो हुँदै जान्छ ।"

संस्थागत क्षमतामा वृद्धि, वित्तीय साक्षरतामा वृद्धि, बजारमा विविधीकरण, रियल सेक्टरका कम्पनीहरूको लिस्टिङ, सिस्टमको अपग्रेड, लगानीकर्ताको सुरक्षा लगायतका कुराहरू आफ्ना अन्य प्राथमिकताका विषय रहेको उनले बताएका छन् । 

आफू साना लगानीकर्ताहरूप्रति अत्यन्तै चिन्तित रहेको उनी बताउँछन् । साना लगानीकर्ताको रक्षा गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए । साना लगानीकर्ताहरूलाई प्राथमिकतामा राख्नु एकदमै जरूरी रहेको उनको धारणा छ । साना लगानीकर्ताहरू सुरक्षित भएपछि बजार स्टेबल हुने उनले बताएका छन् । आफ्ना हरेक अध्ययनहरू यसैबाट केन्द्रित भएर अन्त जाने उनी बताउँछन् । 

आफ्नो कार्यकालमा नीति निर्माणमा उल्लेखनिय सुधार गर्न सकिन्छ भन्ने आशा लागेको उनले बताएका छन् । अहिलेको समय र परिस्थिती अनुसार नीतिहरूको पनि रिफाइन गर्नु जरूरी रहेको उनले बताए । 

इन्साइडर ट्रेडिङ गर्नेलाई ठूलो कारबाही गरे मात्र अरू सचेत हुने उनको तर्क छ । आफ्नो कार्यकालमा अनियमितताहरूको पहिचान गरेर कारबाही गर्न सक्ने क्षमता बढ्ने उनले दावी गरेका छन् । यस सम्बन्धी एनमा कमजोरी रहेको र त्यसलाई पनि सुधार्नु पर्ने उनले बताए । अनुसन्धान गर्नका लागि क्षमता वृद्धि गर्नमा पनि उनको जोड छ । 

अध्यक्ष हमालसँगकाे अन्तर्वार्ता तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको