Like us!
Follow us!
Connect us!
Watch us!

बुक बिल्डिङबारे अब कम्प्लेन आउँदैन : रमेश कुमार हमाल

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १३ : ०१ मा प्रकाशित

बुक बिल्डिङबारे अब कम्प्लेन आउँदैन : रमेश कुमार हमाल

अब आउँदा दिनहरूमा बुक बिल्डिङबारे कम्प्लेन गर्नुपर्ने अवस्था नआउने बताउँछन् नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमाल ।

सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले अब आफ्नो कार्यकाल भरी बुक बिल्डिङ विधिबारे कम्प्लेन गर्नुपर्ने अवस्था  नआउने बताएका हुन् ।

उनले बुक बिल्डिङ विधिकाे सबै नियमहरू अध्ययन गरेर राम्ररी बनाइएकाे हुनाले यसलाई खासै परिमार्जन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउँछौ : बाेर्ड अध्यक्ष, हमाल

साेही कार्यक्रममा कुराकानी गर्दै उनले अब आगामी दिनहरूमा सम्पूर्ण लगानीकर्ताहरूको गुनासो सुन्नलाई एप डेभलप गर्ने बताएका छन् । उक्त एपबाट उक्त कार्यकाे प्रकृया कहाँ पुग्याे, के भइरहेकाे छ भन्ने सबै कुराकाे जानकारी घरमै बसी माेबाइल र ल्यापटपबाट हेर्न सकिने उनले बताए । 

यसका साथै, उनले टिएमएस प्रणाली व्यवस्थापनका लागि पनि आफूहरुले आवश्यक कदम चालिसकेकाे बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको