Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको ओरालो यात्रा, किन निरन्तर घट्दैछ बजार ?

नेप्से

बुधबार, १८ फागुन २०७८, १५ : ०० मा प्रकाशित

रोकिएन नेप्सेको ओरालो यात्रा, किन निरन्तर घट्दैछ बजार ?

आज (बुधबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । गत बुधबारदेखिको ओरालो यात्रालाई नेप्सेले आज पनि निरन्तरता दिएको हो । यसअघि अघिल्लाे मंगलबार नेप्से दोहोरो अंकले बढेको थियो ।

अहिलेको बजारको निरन्तर करेक्सनमा विभिन्न पक्षहरूले प्रभाव पारेकाे बताउँछन् नेपाल पूँजी बजार लगानीकर्ता संघकाे सुदुरपश्चिमका प्रदेश संयाेजक एवंम अनुभवी लगानीकर्ता कुमार थापा । केही समयअघि बैंकका सीईओहरूले बैंकहरूकाे ब्याजदर १८ प्रतिशतसम्म पुग्ने भन्ने अभिव्यक्ति दिएपछि लगानीकर्ताहरूकाे मनाेबल कमजाेर हुँदा बजार प्रभावित भएकाे उनी बताउँछन् । पछिल्लाे समय धेरै कम्पनीहरूकाे बाेनस सेयर सूचिकृत भएर सप्लाई बढेका कारण पनि बजार घटेकाे उनकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा पुगेकाे छ । नेप्से २.४५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ११.५२ अंकले घटेर ४८८.६९ विन्दुमा झरेकाे छ ।

कूल २२८ वटा कम्पनीकाे ७६ लाख ५२ हजार २ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

त्यसैगरी, बुधबार काराेबारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड अब्बल छ । कम्पनीकाे १६ कराेड १८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज रिलायन्स लाइफ इन्स्याेरेन्सकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ४ प्रतिशतले बढेर ५ सय ७२ रूपैयाँ पुगेकाे छ ।

यस दिन हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.२६ प्रतिशतले घटेर ६ सय ३१ रूपैयाँ कायम भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको