Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र सेबोनका नवनियुक्त प्रमुखलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन, के-के कुरा समेटिए ?

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १७ : ३८ मा प्रकाशित

अर्थमनन्त्री जनार्दन शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त पम्रुखहरूलाई ११ बुँदे निर्देशन दिएका छन् ।

बुधबार  अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा उनले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सेबाेनका अध्यक्ष रमेश कुमार हमाललाई सेयर बजार सुधार एवमं विकासका लागि ११ बुँदे निर्देशन दिएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माकाे मुख्य ११ वटा निर्देशन यस प्रकारका छन् :

१. कोभिड १९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरु भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने। 

२. पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरुमा आवश्यक  लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ। ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने।

TMS छिट्टै upgrade गर्दैछौ | Intraday र Short Selling अबको प्राथमिक्ता | Krishna Bahadur Karki

३. २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ। यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ। यस्ता गुनासो समाधान गर्नुपर्नेछ।

४. लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरुलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ। विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरुको  लागी आवश्यक बजारको विकास गर्नुपर्छ।

५. सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरुको  सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने। आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने।

६. अटोमेसन अक्सन शुरु गर्ने। अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने।

Exclusive : अर्थमन्त्रीको मन्तब्य पछि किन "Surprised" भए धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल ?

७. ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने। डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने। कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने। यो ऐन बनेको ४ वर्ष भयो।

८. अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने। भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन्। त्यसबाट शिक्षा लिने। मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने।

९. उत्पादनमूलक धेरै कम्पनीहरु सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने। इण्डेक्स फण्ड तथा ट्रेडेट फाण्डको शुरुवात गर्ने। 

१०. ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने। ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरु मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने।

११. सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने। पुँजी बजार सम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको