नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक ग्लाेबल आईएमई क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ ।
क्यापिटलकी डेप्युटी सीईओ नलिना श्रेष्ठका अनुसार आईपीओ बाँडफाँडका लागि क्यापिटलबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको छ । शनिबार नेष्डो समृद्ध लघुवित्तका कर्मचारी उपस्थित भएपछि आइतबार प्री अलोटमेन्ट सम्पन्न गरी आगामी साता नै आईपीओ बाँडफाँड गर्ने तयारी रहेको उनले बताइन् ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा झण्डै ४० गुणा धेरै आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस