Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बादशाह निर्मल प्रधानले सेयर बजारको वर्तमान अवस्थाका बारे के बोले ?

अर्थ संसार

शनिबार, २१ फागुन २०७८, १९ : ३२ मा प्रकाशित

नेपालका ठुला लगानीकर्ता निर्मल प्रधान प्रधानले आँफुले बजार १८०० को बिन्दुसम्म झरोस् भन्ने चाँहेको बताएकाछन् । नेपाल पूँजीबजार लगानीकर्ता संघद्धारा आयोजित बनभोज कार्यक्रममा बोल्दै प्रधानले भने ‘अहिलेकै अवस्थामा बजार धेरै बढ्ने अपेक्षा मैले राखेको छैन तर यदि यो सरकार नै परिवर्तन भयो गभर्नर नै परिवर्तन हुनुभयो र सेयर बजार मैत्रि नीति आयो भने त बजारमा केहि सकारात्मकता छाँउला तर त्यो भएन भने अहिले त्यहि ३-४ अर्बको कारोबार हुन्छ, एउटाले घाटा खाएर बेच्छ अनि अर्कोले किन्छ, अर्कोबाट अर्कोले किन्छ यस्तै चलिनै रहन्छ यस्तै गर्दा बजार अहिले २२ सय सम्म झर्ला यो कुरा सुवास सरलाई थााह होला, मैले त बजार १८०० सम्म झरोस् भनेको छु किन भने यो झर्न कम भएपछि अब झर्न रोकियो भन्ने एउटा मानसिक वा तनाव त भएन ।’ 

उनले अगाडी भने ‘हामि करोडौँ अर्बौ रुपैया लगानी गरेका छौ अब भोलि आईतबार के हुन्छ भन्ने कुरा आजै देखि चिन्ता लाइरहन्छ यसरी हरेक दिन चिन्ता गरिरहँनु भन्दा त बरु बजार १८०० मै आएपछि त्यो भन्दा तल त नआँउलानी, अब बजार धेरै तल आउने संभावना म देख्दिन किन भने त्यो बेलाको लगानीकर्ता र १८-२० जना ब्रोकर र हाँमि जस्तो १०-२० जना ठुलो लगानीकताको समयमा बजार २९४ को बिन्दुमा आयो अहिले त ५० लाख डिम्याट खाता खुलिसकेका छन् त्यसैले अब बजार त्यहि पुरानै बिन्दुमा पुग्ला भन्ने कल्पना गर्न सकिदैन ।’    

‘अहिलेको वातावरण सेयर बजार मैत्री छैन, हामिले जति भाषण गरेपनि बजार सकारात्मक हुने जस्तो देखिदैन हाँमि जस्तो १२ करोड भन्दा बढि लोन लिने साथीहरु कसैको पनि एक कित्ता पनि सेयर किन्ने क्षमता नै छैन’ उनले भने  ‘हिजोका दिनमा मैले एकै दिनमा २०-३० करोडको सेयर किन्थे र १०-१५ करोडको सेयर बेच्थे पनि किन भने मसंग खर्बौको लिमिट हुन्थ्यौ तर आज त्यो अवस्था छैन ४/१२ को नीतिका कारण भएको सेयर पनि बेचिरहेको छु ।’ 

अहिलेको अवस्थामा केहि कर्जा लियरै भएपनि सेयर किन्दा केहि फरक नपर्ने सल्लाह प्रधानको छ । (समाचार शिर्षक परिवर्तन गरिएको । )

कार्यक्रममा प्रधानले व्यक्त गरेको मन्तव्यः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको