Like us!
Follow us!
Connect us!
Watch us!

चर्चित ज्योतिष डा. सिटौला भन्छन्- “यो साता नेप्से बढ्छ”

बसन्त पाण्डे

आइतबार, २२ फागुन २०७८, १२ : ५३ मा प्रकाशित

चर्चित ज्योतिष डा. सिटौला भन्छन्-  “यो साता नेप्से बढ्छ”

चर्चित ज्योतिष डाक्टर सुनिल सिटौलाले यो साता सेयर बजार बढ्ने प्रक्षेपण गरेका छन। आफ्नो फेसबुक पेजमा लेख्दै उनले  गत साता सेयर बजारमा प्यानिक सेलर आएकाले बजार घटेको तर यो साता चन्द्रको उदय शुभ भएकाले प्यानिक सेलरहरु घट्ने र नेप्से स्वाभाविक गतिमा अघि बढ्ने उल्लेख गरेका छन्।  

यसअघि अर्थसंसार सँगको विशेष कुराकानीमा सिटौलाले सन् २०२२ नेप्सेका लागि खास बर्षको रुपमा दर्ज हुने बताएका थिए। सन् २०२२ मा शुक्र ग्रहको प्रभाव बलियो रहेको र शुक्र ग्रह बलियो रहँदा सेयर बजारमा उछाल आउने गरेको बताउँदै उनले २०२२ भित्रै नेप्से परिसूचकले ६००० को बिन्दु चुम्न सक्ने सम्भावना उच्च रहेको  बताएका छन । सिटौलाले नेपालको परिप्रेक्ष्यमा वित्तिय ज्योतिष नयाँ कुरा भए पनि अन्तराष्ट्रिय स्तरमा वित्तिय ज्योतिषको अभ्यास धेरै पहिलेदेखि हुँदै आएको र यो धेरै प्रभावकारी रहेको पनि उल्लेख गरेका छन।  

यो साता चन्द्रमा शुभ देखिएको सन्दर्भमा थप प्रष्ट पार्दै डाक्टर सिटौला भन्छन, 'चन्द्रमाले मान्छेको मनको अध्ययन गर्ने गर्दछ। मान्छेको मनको तिनवटा पाटाहरु हुने गर्दछन; डर,आशा र लोभ। चन्द्रमा नेगेटिभ भएको दिन मान्छेमा डर पैदा हुन्छ जसले सेयर बजार घटाउँछ। चन्द्रमा पोजिटिभ हुँदा बजार बढ्ने र यदि चन्द्रमामा पनि ग्रिडको पक्ष्य बलियो छ भने बजार उच्च अंकले बढ्ने सम्भावना हुन्छ।' 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको