Like us!
Follow us!
Connect us!
Watch us!

एक डेढ महिनाभित्रै सबै कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिन्छौँ : बोर्ड अध्यक्ष, हमाल

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १३ : ४३ मा प्रकाशित

एक डेढ महिनाभित्रै सबै कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिन्छौँ : बोर्ड अध्यक्ष, हमाल

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले एक डेढ महिनाभित्रै सबै कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने बताएका छन् ।

सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले भने, "आईपीओ प्रकृया राेकिँदा कम्पनीलाई पनि घाटा भएको छ । त्यो हामीले बुझेका छौँ । अहिले मेरो टिमले सबै इन्डेक्स हेरिरहेको छ । कुन कम्पनीको प्रकृया कहाँ पुग्यो त्यहाँबाट थाहा हुन्छ । यदि सबै प्रकृया पुरा भएको छ भने त्यसलाई हामी धेरै दिन लगाउदैनौँ दुई तीन दिनभित्रैमा स्विकृती दिन्छौँ । कुनै दोश्रो चरणमा पुगेका छन् भने जस्तो हामीले केही पत्राचार गर्यौँ उताबाट डिटेल आएको छैन भने त्यो चेक गर्न बाँकी छ । त्यसरी अहिले हामीले वर्गिकरण गरिरहेका छौँ ।"

बैंकलाई ब्रोकर लाइसेन्स कहिले ? यसो भन्छन् बोर्ड अध्यक्ष हमाल

उनले थपे, "भाेलि बिदा छ पर्सीबाटै हामी राेकिएका जति पनि कम्पनी छन् सबै कम्पनीहरूलाई वान बाइ वान अनुमति दिन्छौँ । यसलालाई राेक्नु पर्ने कुनै कारण छैन । राेक्दा सबैलाई अफ्ठ्याराे पर्छ ।"

सबै पकृया पुरा गरेर अनुमति दिँदा एक डेढ महिना लाग्ने उनले बताए । आईपीओ मात्रै नभएर पाइपलाइनमा रहेका डिबेञ्चर र राइट सेयरहरूकाे पनि प्रकृया चलिरहेकाे उनले जानकारी दिएका छन् ।

याे पनि :

बुक बिल्डिङबारे अब कम्प्लेन आउँदैन : रमेश कुमार हमाल

लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउँछौ : बाेर्ड अध्यक्ष, हमाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको