Like us!
Follow us!
Connect us!
Watch us!

महिला उद्यमीलाई प्रवर्द्धन गर्दै विमेन लेड हाट-बजार सम्पन्न

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १६ : ३८ मा प्रकाशित

महिला उद्यमीलाई प्रवर्द्धन गर्दै विमेन लेड हाट-बजार सम्पन्न

माया मनोर बुटिक होटल हात्तीसारमा २ दिने ‘विमेन लेड हाट-बजार’ सम्पन्न भएको छ । फागुन २१ र २२ गते दिउँसो १ बजे देखि सँझ ७ बजे सम्म चलेको हाट-बजारमा महिला ब्यवसायीका ४० वटा स्टल रहेका थिए ।

पर्यटन ब्यवसायी तृषाग्नी शाक्य सँगै द पार्क बजारका सन्चालक विशेषता श्रेष्ठ र निमा शेर्पा मानन्धरले ३ बर्ष देखि हाट-बजार सन्चालन गर्दै आएका छन् ।

महिलाहरुको ब्यवसाय प्रवर्द्धन आयोजना गरिएको हाट-बजारमा फरक क्षमता भएका र मानव बेचबिखनमा परि उद्दार गरिएका महिलाले निर्माण गरेका गहनाको बिक्रेता काश्य, मैथिलीकला सहितका सामग्री बिक्रेता मिथिला हाउस, घरपालुवा जनावरको लागि बनाइएका ढाकाको कपडा बिक्रि गर्ने ढ्व:, फ्लेभर्ड दहिको बिक्रेता मिठो डेरी, रेज एण्ड नट्स लगायत स्टल रहेका थिए ।

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजना गरिएको २ दिने हाट-बजारमा पहिलो दिन युवा पुस्ताको उत्साहजनक सहभागीता रहेको आयोजक तृषाग्नी शाक्यले बताइन् । मार्च महिलाहरुको ऐतिहासिक महिना भएकाले हाट-बजार आयोजना गरिएको उनको भनाइ छ । 

एक हजार जनाले को हाट-बजारमा इन्भेस्टिङ वर्कसप र ब्रा मेकिङ बर्कसप सन्चालन गरिएको छ । लगानिका अवसर र चुनौतीका बरेमा इन्भेस्टिङ वर्कसप केन्द्रित रहेको वर्कसप सहजकर्ता ग्रेस रौनियारले बताइन् ।

कार्यक्रमको दोश्रो दिन आइतबार नारीबाद सम्बन्धि अभिनयात्मक कविता प्रस्तुति समेत रहेको आयोजक विशेषता श्रेष्ठले बताइन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको