Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्मासँग कांग्रेस र माओवादी नै बेखुस, मन्त्री परिवर्तनको तयारीमा बालुवाटार !

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १० : ३९ मा प्रकाशित

अर्थमन्त्री शर्मासँग कांग्रेस र माओवादी नै बेखुस, मन्त्री परिवर्तनको तयारीमा बालुवाटार !

अर्थमन्त्री जनार्दन शर्माको काम बाट सत्तारुढ दल नेपाली कांग्रेस र उनको आफ्नै दल एकिकृत नेकपा(माओवादी) मा पनि चरम असन्तुष्टि देखिएको छ । 

देशको अर्थतन्त्र नै दुर्घटनाको डिलमा पुग्दा समेत उक्त संकटसंग जुध्न कुनै योजना ल्याउन नसकेको र मन्त्री शर्माकै अदुरदर्शिताका कारण नै अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको निष्कर्षमा प्रधानमन्त्री देउवा र उनको दल नेपाली कांग्रेस पुगेको छ । त्यस्तै शर्माले जन अपेक्षा अपुरुप काम गर्न नसकेको भन्दा उनकै दल माओवादी भित्र पनि असन्तुष्टि बढेको छ । 

पछिल्लो पटक एमसीसी प्रकरणमा मन्त्री शर्माले प्रधानमन्त्रीकै र्निदेशन अवज्ञा गरेपछि कांग्रेस उनि संग थप रुष्ट बन्न पुगेको हो । अर्थमन्त्री शर्माकै अपरिपक्वता र अदुरशर्दिताकै कारण देशको अर्थतन्त्र यस्तो खराव अवस्थामा पुगेको निस्कर्ष प्रधानमन्त्रीको छ । यदि समयमा नै अर्थमन्त्रीको बिकल्प नखोजिए देशका साथ साथै सत्ताको नेतृत्व गरेको कांग्रेस र स्वयम प्रधानमन्त्रीलाई पनि नराम्रो प्रभाव पर्नसक्ने ठम्याई कांग्रेस नेताहरुको छ । 

'अहिले प्रधानमन्त्रीले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनु भएको छ अब ति मन्त्रालयमा पनि नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अगाडी बढाउने कुरा भएको छ त्यसै बेला अन्य केहि मन्त्रीहरुको पनि जिम्मेवारी हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीले गठबन्धनका नेताहरुसंग सल्लाह गरिरहनु भएको छ अहिले नै क-कसको जिम्मेवारी हेरफेर हुन्छ भनेर त भन्न सकिने अवस्था छैन तर कार्यसंपादन हेरेर प्रधानमन्त्रीले आवश्यकताका आधारमा केहि जिम्मेवारी हेरफेर गर्नु हुनेछ एक कांग्रेस नेताले भने । 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको