Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा १५ दिन थला परेका मेहता भन्छन् ‘सेयर बजार सुन्दर छ, यो वैकल्पिक आम्दानीको श्रोत’

लगानीकर्ताको आवाज

बुधबार, २५ फागुन २०७८, ०० : ०० मा प्रकाशित

वि.सं २०७१ सालमा कलङ्कीदेखि बल्खुकाे बसमा दुई जना अपरिचित व्यक्तिहरुले सेयर बजारका बारेमा गरेको कुराकानीबाट प्रभावित भएर सेयर बजारमा प्रवेश गरेको अरबिन्द मेहता सेयर बजार सुन्दर र बैकल्पिक आम्दानीको स्रोत भएको बताउँछन् । मेहता सक्रिय लगानीकर्ताका साथै नासा इन्भेष्मेन्टका सञ्चालक समेत हुन् । 

कुनै बेला आफ्नो जिवन भरको कमाई नै सेयर बजारमा हालेर बजार घट्दा त्यसैको तनावले १५ दिनसम्म थला नै परेका मेहता अहिले बजारकै कारण आफु आर्थिक रुपमा बलियो बनेको बताउँछन् । पहिलेको अनुभव सुनाउँदै मेहताले भने कोचिङ सेन्टर चलाएर कमाएको करिब १७ लाख रुपैयाँ सबै सेयर बजारमा लगानी गरे मलाई थाहा भएन कि अब बजार बियरिस जाँदैछ भन्ने आफ्नो लगानी घट्दा घट्दा करिब २ लाखसम्म नै पुग्यो त्यही तनावले १५ दिनसम्म बिरामी नै परे आफ्नो बिरामीको कारण घरमा भन्न सक्ने अवस्था पनि थिएन, आफैले आफैलाई सम्हाले धैर्यता गरे त्यही सेयर पछि करिब ३९ लाख रुपैयाँमा बेचे । 

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु कहिल्यै पनि आत्तिन र मात्तिन भने नहुने तर्क उनको छ । ‘बजारको वृद्धि र गिरावट स्वभाविक हो जसले बजार बढ्दा समयमा नै प्राफिट बुक गर्नसक्छ र घट्दा खरिद अवसरका रुपमा लिन सक्छ कमाउने उसैले हो’ उनले भने ‘सेयरमा लगानी गर्नेहरुले जहिले पनि आफुसँग भएको जति मात्र लगानी गर्नुपर्छ, कसैसँग सापटी लिएर वा कर्जा लिएर लगानी गर्दा तनाव हुन्छ बजार बढ्दा त ठिकै होला तपाईले समयमै तिर्न सक्नुहोला तर बजार घट्यो भने तपाईको अवस्था के होला त्यो सोचेर मात्र लगानी गर्नुपछ’ । 

अहिलेको बजार बियरिसमा गएको नभई साइडवेजमा मात्र गएको उनको तर्क छ । ‘अहिले बजार घट्नुको प्रमुख कारण भनेको नै देशको अर्थतन्त्र हो, बजार भदौदेखि नै घटिरहेको छ जेठ १५ मा बजेट भाषण गरेर साउन १ गतेबाट लागु हुनुपर्नेमा सत्ता परिवर्तनका कारण समयमै पूँजीगत खर्च हुने सकेन जसका कारण पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्यो र सेयर बजार पनि घट्यो’ मेहताले भने । 

सधै बढ्दो बजारमा मात्र पैसा कमाईने नभई घट्दो बजारमा समेत पैसा कमाउन सकिने उनको तर्क छ । ‘पहिले मैले पनि बढ्दो बजारमा मात्र पैसा कमाइन्छ भन्ने सोच्थे तर अब बुझ्दै छु बजार घट्दा समेत कमाउन सकने रैछ घट्दा बजारमा लगानीकर्ताहरुले सहि तरिकाले एभ्रेजिङ गर्न सके राम्रो मुनाफा हाँसिल गर्न सकिन्छ, हामीसँग मानौँ १ लाख रुपैयाँ लगानीयोग्य रकम छ भने त्यो सबै एकैपटकमा लगानी नगरौ अहिले ५० हजारमात्र लगानी गर्ने र बाँकि ५० हजार यदि बजार घट्यो भने बिस्तारै थप सेयर किन्दै जाने यसो गरे बजार घट्दा समेत धेरै घाटा खानु पर्दैन’ उनले भने । 

लगानीकर्ताहरुले सेयर किन्न कम्पनीको छनौट गर्दा सर्किट लागिरहेको कम्पनी भन्दा पनि कुन कम्पनीको सेयर मूल्य निरन्तर घटिरहेको छ भन्ने कुरालाई वाच गर्नुपर्ने उनको सुझाव छ । ‘नयाँ र कम अनुभव भएका लगानीकर्ताहरुले सकेसम्म सर्किट लागेका कम्पनीहरु हेर्नु हुँदैन त्यस्ता कम्पनीबाट जतिबेला पनि खेलाडीहरु बाहिरिन सक्छन् अनि फस्ने नयाँ लगानीकर्ता नै हो त्यसैले नयाँ लगानीकर्ताहरुले बढिसकेका कम्पनी भन्दा पनि नबढेका कम्पनी हेरेर लगानी गर्नु पर्छ’ उनले भने । 

भिडियाे कुराकानी हेर्नुहाेस् :

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको