Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १७ : ३० मा प्रकाशित

निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । 

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताए । 

उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।

पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए । 

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा. महतले तर, के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए । 

‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन् । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचनकाे मिति ताेकेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको