Like us!
Follow us!
Connect us!
Watch us!

दुई वर्षपछि भारतको मुम्बई र बैंग्लोरमा उडान सुरु गर्दै नेपाल एयरलाइन्स

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, ०६ : १७ मा प्रकाशित

दुई वर्षपछि भारतको मुम्बई र बैंग्लोरमा उडान सुरु गर्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ ।

महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी चैत १३ गते (मार्च २७, २०२२) देखि मुम्बईमा नियमित उडान पुनः सञ्चालन गर्न लागिएको छ ।

यो गन्तव्यमा साताको तीन उडान हुनेछ । काठमाडौं–मुम्बई रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ । त्यसैगरी निगमले भारतकै अर्को महत्वपूर्ण गन्तव्य बैंग्लोरमा पनि चैत १५ (मार्च २९, २०२२) देखि पुनः उडान सञ्चालन गर्ने निगमका प्रवक्ता खड्काले बताइन् । उनका अनुसार यो गन्तव्यमा पनि सातामा तीन उडान सञ्चालन हुनेछ । मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन गरिनेछ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि सुरु हुने भएका हुन् । सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिए ।

काठमाडौं–बैंग्लोर–काठमाडौंको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । नेपाल एयरलाइन्सको बैंग्लोर स्टेसनका प्रबन्धक रीतादेवी राईका अनुसार नेपालबाट बैंग्लोर र बैंग्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको