Like us!
Follow us!
Connect us!
Watch us!

'१२ त के २०% ब्याज दिए पनि डिपोजिट बढ्दैन, अहिले ब्याजदर बढाउनुको कुनै अर्थ छैन '

बसन्त पाण्डे

शनिबार, २८ फागुन २०७८, ११ : १४ मा प्रकाशित

'१२ त के २०% ब्याज दिए पनि डिपोजिट बढ्दैन, अहिले ब्याजदर बढाउनुको कुनै अर्थ छैन '

यसअघि फाल्गुन महिनामा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले चैत महिनामा ब्याजदर बढाउलान कि घटाउलान भन्ने प्रसङ्गले बजार तताएको अवस्थामा सेयर विश्लेषक ज्योति दाहालले अहिलेको अवस्थामा ब्याजदर बढाउनुको कुनै तुक नरहेको बताएका छन।

एकातर्फ निक्षेपको  तुलनामा कर्जा लगानी अत्याधिक हुँदा अधिकांश बैंक वित्तिय संस्थाहरु थप कर्जा विस्तार गर्न सक्ने अवस्थामा छैनन् भने अर्कातर्फ कर्जाको माग बढिरहेको छ । फाल्गुनमा मुद्दती निक्षेपमा ११ प्रतिशत र सामान्य बचत खातामा पनि ८ प्रतिशतको हाराहारीमा ब्याज दिँदा पनि निक्षेप बढ्न नसकेपछि व्याजदर बढाउँदा डिपोजिट बढ्ला र अवस्था सहज होला भन्ने राष्ट्र बैंक र वित्तिय संस्थाहरुको अनुमान फेल खाएको छ।  यहि सन्धर्भमा सोधिएको प्रश्नको जवाफ दिंदै दाहाल भन्छन, 'यतिबेला व्याजदर बढाउनुको कुनै औचित्य छैन।  आउने जति पैसा बैंकमा आइसकेको छ।  अब अहिले बचतमा २०% ब्याजदर दिन्छौँ भनेपनि थप पैसा आउनेवाला छैन। जति हुनुपर्ने डिपोजिट भैसक्यो।  भएभरको सबै पैसा बैंकमै आउँछ, भएजति सबैले बीमा गराउँछन् भन्ने सोचाई नै घातक सोचाई हो। हाम्रै टोल छिमेकमा दुध बेचेर हिड्ने मान्छेलाई बैंक खातामा पैसा पठाईदिन्छु भन्दा मान्छ र ?'

वित्तिय क्षेत्रमा अहिले देखिएको समस्याको मूल कारण बैंक वित्तिय संस्थाहरुको अनावश्यक पुँजी वृद्धि नै हो भन्दै दाहालले निवर्तमान गभर्नरले मैले बैंक वित्तिय संस्थाहरुको पुँजी बढाएँ भनेर नाक ठड्याउनुको कुनै अर्थ नरहेको बताए। वित्तिय क्षेत्रमा अहिले देखिएको समस्यातर्फ इङ्गित गर्दै उनले भने, 'यो त ट्रेलर मात्रै हो; पुरै पिक्चर त आउने बाँकी छ।' 

'ग्लोबल आइएमइ बैंकले १० प्रतिशत प्रतिफल दिनुपर्यो भनेपनि करिब २ अर्ब ५० करोड नेट कमाउनुपर्ने हुन्छ। नेट २ अर्ब ५० करोड कमाउन कत्रो साइजको बिजनेस हुनुपर्ला ? विचार गरौँ त। भारतमा त्यत्रो ठुलो कारोबार गर्ने HDFC बैंकको पुँजी जम्मा ५.५ अर्ब छ। जगेडामा कति पैसा छ हेर्नु त ! कम्पनी बलियो बनाउने हो भने त जगेडामा टन्न पैसा राख्ने हो नि ! कमाउन थप स्रोत छैन, क्यापिटल ठूलो छ, सेयरहोल्डरले धेरै रिटर्न खोज्छन, खोज्नु स्वाभाविक पनि हो, तर कमाउने कसरी त अब ?' दाहाल प्रश्न गर्छन। 

अहिले बिमा समितिले बिमा कम्पनीहरुको पुँजी वृद्धि गर्न खोजेको प्रति असन्तुष्टि जनाउँदै उनले त्यसले झन् ठूलो समस्या निम्त्याउने बताए।  बिमा क्षेत्रको दायरा त्यति ठूलो नभएको वर्तमान सन्धर्भमा बिमा कम्पनीहरुको अहिलेको पुँजी पर्याप्त रहेको पनि उनले बताए। 'कम्पनीले जगेडामा पैसा राखेर त्यहि पैसा चलाउने हो नि, अनि पो प्रति सेयर आम्दानी राम्रो देखिन्छ, कम्पनीको वित्तिय अवस्था राम्रो देखिन्छ।' उनले थप स्पष्ट पारे। 

समस्या समाधान गर्ने क्रममा अलिकति क्रिटिकल्लि सोच्न सक्नुपर्ने भन्दै दाहाल थप्छन, 'तरकारीमा नुन चर्को भयो भने नुनको मात्र दोष हुन्छ र ! नुन धेरै भयो मात्रै भन्नु भन्दा पनि झोल कम भयो भन्नेतिर पनि सोच्नु पर्यो नि !'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको