Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा र राष्ट्र उत्थान लघुवित्त आज देखि दोस्रो बजारमा, कतिमा होला पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, ०७ : ४५ मा प्रकाशित

जाल्पा र राष्ट्र उत्थान लघुवित्त आज देखि दोस्रो बजारमा, कतिमा होला पहिलो कारोबार ?

नेप्सेमा आज (आईतबार) दुई लघुवित्त कम्पनीको सेयर कारोबार प्रारम्भ हुने भएको छ । अघिल्लो साता नेप्सेमा सुचिकृच भएका जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयरको आज बाट दोस्रो बजार कारोबार प्रारम्भ हुने छ ।

स्टकका अनुसार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलेकाे १६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।  कम्पनीले काराेबारका लागि JALPA सिम्बाेल पाएकाे छ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

त्यस्तै नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे थियाे । स्टकका अनुसार कम्पनीकाे २६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । 

नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम एक सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि RULB सिम्बाेल पाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको