Like us!
Follow us!
Connect us!
Watch us!

कोरियन प्रविधिमा बाताबरण मैत्री इट्टा बनाउने 'गुड ब्रिक्स सिस्टम'

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, १६ : ३० मा प्रकाशित

कोरियन प्रविधिमा बाताबरण मैत्री इट्टा बनाउने 'गुड ब्रिक्स सिस्टम'

आगोमा नपोली कोरियन प्रविधिबाट बाताबरण मैत्री इट्टा बनाउने 'गुड ब्रिक्स सिस्टम' इन्नोसिएसआर कम्पनीले नेपालमा भित्र्याएको छ । विभीन्न मुलुकमा बाताबरण मैत्री निर्माण सामाग्री उत्पादन विस्तार गर्दै आएको इन्नोसिएसाअरले नेपालमा 'गुड ब्रिक्स सिस्टम' विस्तार गरेको हो ।

यो इट्टाको उद्योग संचालन गर्न चाहने उद्योग व्यवसायीका लागि जनशक्ति तालिम, माटो परिक्षण, उपकरणको समन्वय सँगै बजारीकरणमा सहयोग गर्दै इन्नोसिएसआर ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सिईओ) युन सुक ली बताईन । 

सिइओ  युन सुक लीको अनुसार व्यवसायीले उत्पादन क्षमता अनुसार ४० लाख देखि डेढ करोड रुपैयाँ लगानीमा उद्योग सुरु गर्न सक्नेछन्।    

हाम्रो मुलुक विद्युतमा आत्मनिर्भर हुन थालिसकेको छ । बाहिरी मुलुकलाई विद्युत निर्यात गर्नुको साटो त्यो उर्जा नेपालमै खपत गर्नका लागि यो प्रविधी उपयोगी  इन्नोसिएसआर नेपालका सोइल इन्जिनियर  रमेश न्यौपाने जानकारी दिए । 

पूर्ण  स्वचालित हाइड्रोलिक प्रेस मेसिनले एक प्रेसमा १८ वटा इट्टा उत्पादन गर्ने क्षमता राख्दछ । यो प्रविधि मार्फत दैनिक ४० हजार वटा सम्म इट्टा उत्पादन गर्न सकिन्छ भने बार्षिक करिब डेड करोड वटा सम्म इट्टा उत्पादन गर्न सकिन्छ । मौसमी प्रभाव नपर्ने यो प्रविधि मार्फत ३ सय ६५ दिन नै उत्पादन लिन सकिन्छ ।

यो प्रविधिमा इट्टालाई पकाउन नपर्ने र यसमा कोइला लगायत अन्य जैविक इन्धनको प्रयोग नहुनाले यो पुर्ण रुपमा बाताबरण मैत्री प्रविधि रहेको बाताबरण बिद् धर्मराज केसी बताउँछन् । 

इट्टाको निर्माणमा माटो, सिमेन्ट र सोयल स्टेब्लाइजरको प्रयोग हुन्छ । कम्पनीको भक्तपुरमा रहेको आधिकारीक परिक्षण केन्द्रमा माटोदेखि इट्टाको अवस्था  र क्षमता परिक्षण गरिन्छ । सोयल स्टेब्लाइजरको प्रयोगले सिमेन्ट र माटोलाई मजबुतसँग जोड्छ । सोयल स्टेबलाइजर अर्ग्यानिक हुने हुँदा साइड इफेक्ट हुँदैन । 

यो प्रविधिमा गोरखा, भक्तपुर र गाईघाटमा उद्योग संचालनमा आइसकेका छन् । सुदुरपश्चिममा पाइपलाइनमा रहेको छ। यो प्रविधीबाट तयार गरिएको इट्टा प्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । ग्राहक सेवा सहजतालाई मध्यनजर गर्दै  छिट्टै कम्पनीले सातै प्रदेशमा उद्योग संचालनमा ल्याउने योजना बनाएको छ ।

पछिल्लो समय यो इट्टाको माग क्रमिक रुपमा वृद्धि हुँदै आएको गोरखा स्थित गुड ब्रिक्स सिस्टम उद्योग 'गोरखा इनोटेक प्राली'का संचालक बिकास श्रेष्ठको भनाइ छ । पछिल्लो समय सर्वसाधरणले इट्टा प्रति चासो बढाउँदै आएका छन् ।

सुरुमा इट्टा भट्टा उद्योग संचालनमा ल्याउने योजना रहेपनि यो प्रविधी वातावारण मैत्री र कम जनशक्तिमा सन्चालन गर्न सकिने भएकाले इन्नोसिएसाअरसँग सहकार्य गरि गोरखामा बिकास श्रेष्ठले उद्योग सन्चालनमा ल्याएका छन् । यो प्रविधी निकै आवश्यक छ। वातावरण मैत्री, ध्वनि र धुवाँ रहित प्रविधी सँगै ८/१० रोपनी क्षेत्रफलमा पनि सन्चालन गर्न सकिने भएकाले यो उद्योगीका लागि निकै सहज छ ।

कोरियामा २००८ मा स्थापना भएको  इनो सिएसआरले कोरिया, मलेसीया, म्यानमार, फिलीपीन्स, चाइना, नेपाल लगायत विश्वभरका विभीन्न मुलुकका निजी र सरकारी क्षेत्रमा 'सस्टेनेवल इम्प्याक्ट टेक्नोलोजी सोलुसन'को काम गर्दै आएको छ ।  सन् २०१८ मा नेपाल प्रवेश गरेको यो कम्पनीले करिब दुई वर्ष आवस्यक अध्ययन गरेपछि इट्टा उत्पादन सुरु गरेको हो । कम्पनीले सोयल इस्टेब्लाइजरकै प्रयोगमार्फत सडक तयारका लागि गृहकार्य सुरु गरिसकेको छ।   

622dcc715a53e.jpg 622dcc7471f95.jpg 622dcc75c89c6.jpg 622dcc7769db3.jpg 622dcc7b0b5c6.jpg 622dcc7e52fc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको