Like us!
Follow us!
Connect us!
Watch us!

घरबाटै लगेर १८ महिने नाबालिकाको बलात्कार गरी हत्या, दुईजना पक्राउ

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, १६ : ४५ मा प्रकाशित

घरबाटै लगेर १८ महिने नाबालिकाको बलात्कार गरी हत्या, दुईजना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका-७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए । 

२७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारमा क्रममा राति साढे १२ बजेतिर उनको मृत्यु भएको थियो । 

पक्राउ परेका दुवैजनाले ललाईफकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए । 

घटनामा संलग्न दुवैजनालाई प्रहरीले १२ घन्टाभित्रै पक्राउ गर्न सफल भएको हो । उनीहरूले बलात्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

झाडीमा फेला पार्दा उनी रगताम्य अवस्थामा थिइन् । यौनांग रक्ताम्य अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ। अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा जेल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको