Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको प्रश्न: बजार बढ्दा मात्र किन बिग्रिन्छ टिएमएस ?

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १५ : ४८ मा प्रकाशित

लगानीकर्ताको प्रश्न: बजार बढ्दा मात्र किन बिग्रिन्छ टिएमएस ?

ट्रेड मेनेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आउनु नेपालका सेयर लगानीकर्ताहरुका लागि कुनै नौलो कुरा भने होईन । बेला बेलामा नेप्सेको टिएमएसमा आउने समस्याले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु हैरान छन् । 

बेला बेलामा टिएमएसमा आउने समस्या स्वभाविक जस्तै देखिँदैन, कहिँ कतै कसैको स्वार्थका लागि मात्र कृतिम रुपमा समस्या त र्सिजना भएको होइन ? आम लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत नियामकहरुलाई प्रश्न गरिरहेका छन् । कतिपय लगानीकर्ताहरुले त सिमित समूहसँग मिलेर टिएमएसमा नियोजित रुपले समस्या खडा गरिएको आरोप लगाएका छन् ।

'बजार घट्दा या बजारमा माहोल बिग्रीएको बेला कहिले पनि नबिग्रीने टिएमएस बजार राम्रो सग बढ्न थाल्दा वा माहोल सकारत्मक बन्दै जादा जहिले बिग्रीने गरेको देखिन्छ । कतै यो टिएमएसले पनि कुनै माफियाको घुस त खाएको छैन छानबिन गर्नुपर्ने भो नयाँ हाकिम साप हरुले' युवा लगानीकर्ता एबं स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । टिएमएस बढेको बेला मात्र बिग्रीने र घटेको बेला १ सेकेन्ड नि नबिग्रीने उसलाई संयोग मात्र मान्न नसकिने उनको तर्क छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा काका नामले परिचित सक्रिय लगानीकर्ता केशव कोईरालाले आफ्नो फेसबुक पेज काकासंग सेयरका कुरामा लेखेका छन् 'तिम्रो थोत्रो सिस्टम चल्दैन भने आजलाइ बन्द गराउ। बकुल्लाले माछा रुंघाए जस्तो दिनभर नरुघाउ । कवाडी सिस्टम राख्ने ब्रोकरहरुको लिस्ट चाहिँ सार्वजनिक होस् ।'

'नेप्सेमा सधै किन उच्च अंकको वृद्धि वा गिरावट आउँदा समस्या देखिन्छ' एक लगानीकर्ताले प्रश्न गरे 'यहाँ पक्कै पनि बाघ कराउनु र बाख्रा हराउनु एकै पटक भएको छ सम्बन्धीत निकायको ध्यान जाओस्' उनले भने । 

622f1466279d3.jpg 622f14662beb4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको