Like us!
Follow us!
Connect us!
Watch us!

‘टिएमएसमा पटक-पटक समस्या दोहोरिनाले जिम्मेवार निकायहरुप्रति प्रश्नचिन्ह खडा भएको छ’

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०५ : ४७ मा प्रकाशित

‘टिएमएसमा पटक-पटक समस्या दोहोरिनाले जिम्मेवार निकायहरुप्रति प्रश्नचिन्ह खडा भएको छ’

सोमबारको कारोबारको मध्यान्नबाट टिएमएसमा देखिएको समस्या टेक्निकल तवरबाट भएको हो या मानवीय त्रुटीबाट भएको हो भन्ने कुरामा संका रहेको भन्द्रै स्वतन्त्र पूँजीबजार संघले यस बिषयमा यथाशीघ्र छानबिन गरी सत्य-तथ्य बाहिर ल्याउन आग्रह सम्बन्धीत निकायलाई आग्रह गरेको छ । 

संघका अध्यक्ष रोहन कार्की र सचिव बिनोद बजगाईँले हस्ताक्षर गरेको विज्ञपप्तीमा भनिएको छ 'आज बजार खुल्ने नियमित समयको मध्यान्तरतिर बाट नै TMS मा समस्या देखिएकोले लाखौं लगानीकर्ता शेयर खरिद/बिक्री गर्नबाट बञ्चित हुनुपर्यो । पटक-पटक दोहोरिने उक्त समस्या टेक्निकल तवरबाट भएको हो या मानवीय त्रुटीबाट भएको हो ? यथाशीघ्र छानबिन गरी सत्य-तथ्य बाहिर ल्याउन आग्रह गर्दछौं । एउटै समस्या पटक-पटक दोहोरिनु भनेको जिम्मेवार निकायहरुप्रति प्रश्नचिन्ह खडा हुनु हो । अब आउने दिनहरुमा यस्ता किसिमका समस्या समाधानका लागि जिम्मेवार रुपमा प्रस्तुत हुन अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्सेको ध्यानाकर्षण गराउन चाहान्छौं' ।

टीएमएसमाा देखिएको प्राविधिक समस्या समाधान नभएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबारको कारोबार बन्द गरेको हो । नेप्सेले केही ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि १२ बजेर ५३ मिनेटदेखि कारोबार रोक्का गरेको थियो । त्यस अवधिसम्म नेप्से परिसूचक ०.१५ अंकले बढेर २६६८.११ विन्दुमा पुगेको थियो । यता सेन्सेटिभ परिसूचक भने ०.०५ अंकले घटेर ५०९.८५ विन्दुमा झरेको छ । 

२ घण्टाको कारोबारमा २ सय २० वटा कम्पनीको २३ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३४ करोडको कारोबार भएको छ ।

संघले जारी गरेको विज्ञप्तीः

622fdb4ec9373.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको