Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, ०६ : ३२ मा प्रकाशित

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

नेप्सेमा सुचिकृत २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकका आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्ने छन् ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ एनएलजीले ६ चैत्रमा र गरिमा विकास बैंकले ४ चैत्र बुक क्लोज गर्नेछ । विभिन्न विदाका कारण चैत्र ३,४ र ५ गतेसम्म नेप्सेमा कारोबार बन्दा हुने भएकाले आज चैत्र २ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत्र १७ गते आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

गरिमा विकास बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा चैत्र १८ गते, शुक्रबार होटल पोखरा ग्रान्ड, बिरौटा पोखरमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा रहेको व्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था सिर्जना भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको