Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका  शरणार्थीः राष्ट्रसंघ

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, ०६ : ३७ मा प्रकाशित

युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका  शरणार्थीः राष्ट्रसंघ

२४ फेब्रुवरीमा रुसी सेनाले युक्रेनमा हमला गरेपछि करीब १४ लाख बालबालिकाले युक्रेन छाडेका राष्ट्रसंघले जनाएको छ । यस हिसाबले हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका छन् । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले  जारी गरेको ताजा तथ्यांकअनुसार  युक्रेनबाट ३० लाखभन्दा बढी मानिस पलायन भएका छन् । तीमध्ये झण्डै आधा बालबालिका छन् ।

‘पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्,’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने ।

‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’ उनले भने । युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा भएको उनले बताए ।

‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको