Like us!
Follow us!
Connect us!
Watch us!

आज यी प्रदेशमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाकाे सम्भावना

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १० : ३१ मा प्रकाशित

आज यी प्रदेशमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाकाे सम्भावना

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । नेपालमा पहाडी भू-भागमा आंशिक बदली छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको