Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १७ : २७ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण कार्यक्रम सम्पन्न

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ताहरुको राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण सम्बन्धि  तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी कार्यक्रम सम्मपन्न भएको छ । कम्पनीको कार्यक्रम होटल ग्रान्ड, पोखरामा फागुन २३ गते सम्पन्न भएको हो । 

उक्त कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले गरेका थिए । अभिकर्ताहरुले यस सम्पत्ति शुद्धिकरण सम्बन्धि  तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गरी कम्पनीको व्यवसायलाई कानुनी तथा नितिगत व्यवस्थाहरुको अधिनमा रही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

उक्त कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख बोध लाल पुरीबाट भई स्वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख बाबुराम पौडेले दिए । कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसाय लाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण दिएका थिए । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरे । उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम, उत्प्रेरक सुदिप वस्नेतले प्रदान गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको