Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले डाक्यो साधारणसभा, यस्ता छन् सभाबाट पारित हुने एजेन्डा

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ०६ : १५ मा प्रकाशित

नेपाल आयल निगमले डाक्यो साधारणसभा, यस्ता छन् सभाबाट पारित हुने एजेन्डा

नेपाल आयल निगम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

निगमको चैत्र २ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार निगमको ४० औँ वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार नेपाल आयल निगम लिमिटेडको सभाकक्ष, टेकु, काठमांडौमा दिउसो १ बजेदेखि सुरू हुनेछ ।

निगमको साधारणसभाले पारित गर्ने ऐजेन्डाहरु यस्ता छन्ः 

१) अध्यक्षज्यूको मन्तव्य र ४० औं वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान हिसाब तथा सोही अवधीको नगद प्रवाह विवरण माथि छलफल र पारित गर्ने।

३) ४० औं वार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरूको
तर्फबाट एक-एक जना प्रतिनिधि तोक्ने।

४) आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने ।

५) आर्थिक वर्ष २०७०/७१ को लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने।

६) विविध

6233d36c14ff1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको