Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले आइपिओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १४ : ०० मा प्रकाशित

नेपाल आयल निगमले आइपिओ निष्कासन गर्ने

नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका हुन् । नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै थानीले निगम आइपिओ निष्कासनको प्रक्रियामा रहेको बताए । उनले धितोपत्र निष्कासन नियमावली अनुसार आइपिओ निष्कासनका लागि कम्पनी दुई वर्ष निरन्तर नाफामा रहेको हुनुपर्ने प्रावधान रहेको हुँदा प्राथमिक निष्कासनमा समय लागेको बताए ।

सर्वसाधारणलाई निगममा स्वामित्व दिलाउन प्रतिबद्ध रहेको बताउँदै विभिन्न प्राविधिक पक्षहरु भएको हुनाले समय लागेको उल्लेख गरे । नेपाल आयल निगम अघिल्लो वर्ष सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान बनेको थियो । आर्थिक वर्ष २०७९/८० मा आयल निगमले १८ अर्ब नाफा गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको