Like us!
Follow us!
Connect us!
Watch us!

बढी क्षमताका ग्यास सिलिन्डर बिक्री भए कारवाही गर्ने आयल निगमको चेतावनी

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, १७ : १८ मा प्रकाशित

बढी क्षमताका ग्यास सिलिन्डर बिक्री भए कारवाही गर्ने आयल निगमको चेतावनी

नेपाल आयल निगमले बढी क्षमताका ग्यास सिलिन्डर बिक्री भए कारवाही गर्ने चेतावनी दिएको छ ।

आज एक सूचना जारी गर्दै निगमले १४.२ केजी भन्दा बढी क्षमताका एलपी ग्यास सिलिन्डरहरु भरेर केही ग्यास उद्योगहरुले बिक्री वितरण गरेको पाइएको जनाउँदै त्यसप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । निगमले एलपी ग्यास विनियामवली २०६५ मार्फत त्यसरी बढी क्षमताको ग्यास सिलिन्डर बिक्री वितरण गर्न नपाइने स्पष्ट पारिएको उल्लेख गर्दै त्यसो गरेको पाइए कारवाही गरिने पनि जनाएको छ ।

१४.२ लिटर केजी भन्दा बढी क्षमताका सिलिन्डरको प्रयोग गैरकानुनी रहेको भन्दै निगमले त्यस्ता सिलिन्डर प्रयोग नगर्न सर्वसाधारणलाई पनि अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको