Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले दिए राजीनामा

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, १६ : ५४ मा प्रकाशित

आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले कार्यकाल सकिनु १५ महिना अगावै पदबाट राजीनामा दिएका छन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट तीन वर्षका लागि २०७८ को फागुनमा निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनको अगुवाईमा हालसालै निगम ऋणमुक्त भएको थियो । थानीले राजीनामा दिनुको कारण भने खुलेको छैन ।

आज अपराह्न ४ बजेतिर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको