Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडिसियलको संस्थापक सेयर लिलामी बोलपत्रवालाको रकम फिर्ता हुने, कसरी लिने ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ०८ : ४४ मा प्रकाशित

एचआइडिसियलको संस्थापक सेयर लिलामी बोलपत्रवालाको रकम फिर्ता हुने, कसरी लिने ?

फागुन १ गते, आइतबारबाट बिक्री खुल्ला गरिएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताहरुले आज चैत्र ४ गतेदेखि आफ्नो रकम फिर्ता लिन सक्नेछन् । 

नेपाल धितोपत्र बोर्डेले फागुन १२ गतेको पत्रबाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त लिलाम बढाबढ मार्फत बिक्री गर्ने कार्य स्थगित गर्न निर्देशन दिएपछि फागुन१३ गतेदेखि उक्त प्रक्रिया स्थगित गरिएको थियो ।

कम्पनीको यो प्रक्रिया केहि लम्बिने भएपनि चैत्र २ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सो अवधि भित्र आवेदकहरुको संकलित रकम फिर्ता गर्न निर्देशन दिएकाले लगानीकर्ताहरुको हित संरक्षणलाई मध्यनजर उल्लेखित प्रक्रिया अपनाई आवेदकहरुको शिलबन्दी बोलपत्र आज चैत्र ४ गते शुक्रबारदेखि फिर्ता गर्न लागिएको हुँदा आवेदन दिने बोलपत्रवालाहरुलाई आफूले बोलपत्र बुझाएको संकलन केन्द्रहरुमा स्वयं उपस्थित हुन सूचना मार्फत जानकारी गराएको हो ।

बोलपत्रवालाको संकलित बोलपत्र फिर्ता भुक्तानीको प्रक्रियाः

१. शिलबन्दी बोलपत्र फिर्ताको लागि यस कम्पनीले तोकेको ढाँचामा निवेदन दिनु पर्नेछ । निवेदन साथ बोलपत्र दर्ता गर्दाको सक्कल दर्ता रसिद र नागरिकता वा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ।

२. सक्कलै शिलबन्दी बोलपत्र बोलपत्रवालालाई फिर्ता गरिने छ।

३. बैंक भौचर/IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सम्बन्धित बोलपत्रवालाले रकम फिर्ता पाउनको लागि यस कम्पनीले तोकेको ढाँचामा सक्कल बैंक भौचर /IPS को Statement राखि निवेदन दिनु पर्नेछ।

४. सि.नं. ३ को निवेदनको आधारमा बोलपत्रवालाको रकम निष्काशन बैंकको खातामा जम्मा भएको यकिन गरे पश्चात् बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलि पल्ट जम्मा गरिने छ।

५. Good for Payment Cheque मार्फत बोलपत्र पेश गरेका बोलपत्रवालाहरुको हकमा उक्त Good for Payment Cheque Cancel गर्नका लागि उक्त चेक संलग्न गरी निवेदन दिनु पर्नेछ र उक्त निवेदनको आधारमा चेक जारी गर्ने सम्बन्धित बैंकको नाउँमा Cheque Cancellation Letter उपलब्ध गराइनेछ।

बोलपत्रवालाले पेश गर्नुपर्ने कागजातहरुः

(क) निवेदनहरु (निवेदनहरु यस कम्पनीको वेभसाइट वा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिनेछ)।               

(ख) बोलपत्र दर्ता गर्दा बिक्री प्रबन्धक/संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद ।

(ग) खोलिएको शिलबन्दी बोलपत्र।

(घ) बोलपत्रदाताको नागरिकता वा आफ्नो परिचय खुल्ने कुनै पनि आधिकारिक कागजातको प्रतिलिपि ।

(ङ) बैंक भौचर /IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सक्कल बैंक भौचर /IPS को Statement

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको