Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न प्रभु इन्स्याेरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ११ : १७ मा प्रकाशित

लाभांश पारित गर्न प्रभु इन्स्याेरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे चैत्र २ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छब्बीसाैँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार प्रभु इन्स्याेरेन्स लिमिटेड, "प्रभु कम्प्लेक्स", तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीकाे पाैष २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

623419f14b292.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको