Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता कम्पनीहरु

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १४ : ५० मा प्रकाशित

यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता कम्पनीहरु

नेप्सेमा सुचिकृत १८० भन्दा बढी कम्पनीहरुको दोस्रो बजारमा कारोबार हुने गर्दछ । करिब २ बर्ष अघिबाट उकालो लागेको नेपालको सेयर बजार ३२०० को विन्दुमा पुगेर फर्किएको छ । २ वर्ष अघिसम्म नेप्सेमा सूचिकृत कतिपय कम्पनीहरुको सेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँ भन्दा पनि कम थियो । 

तर पछिल्लो समय बजार बढ्दै जाँदा सबै कम्पनीहरुको सेयरमूल्य समेत उकालो लागे कतिपय कम्पनीहरुको मूल्य धेरै बढ्यो होला भने कति कम तर योबीचमा नेप्सेमा सुचिकृत सबै कम्पनीहरुको मुल्य बढेको हो । नेप्से परिसूचक ३२०० को बिन्दुमा पुग्दा त ३०० रुपैयाँ भन्दा कम सेयर मूल्य भएको कम्पनी त भेट्नै मुस्किल थियो । तर ३२०० को विन्दुबाट नेप्से घट्दा कम्पनीहरुको सेयर मूल्य समेत ओरालो लाग्यो । 

नेप्सेमा सुचिकृत कम्पनीहरुमध्येमा सबैभन्दा सस्तो कम्पनी सेन्चुरी कमर्सियल बैंक हो बुधबारको अन्तिम कारोबारका आधारमा अहिले यो कम्पनीको सेयरमूल्य २२९ रुपैयाँ ३० पैसा प्रतिकित्ता रहेको छ ।

बुधबारको सेयर काराबारका आधारमा अहिले नेप्सेमा सुचिकृत विभिन्न कम्पनीहरु मध्यमा १३ वटा कम्पनीहरुको सेयर मूल्य ३०० भन्दा तल छ । १३ कम्पनीहरुमध्येमा १० वटा कम्पनीहरु त वाणिज्य बैंकहरु नै छन् भने १ जलविद्युत कम्पनी, १ वटा होटल र १ कम्पनी इन्भेष्टमेन्ट सेक्टरको रहेको छ । यी १३ कम्पनीहरु मध्यमा सोल्टी होटल लिमिटेडको सेयरको फेसभ्यालु प्रतिकित्ता १० रुपैयाँ हो भने बाँकी सबै कम्पनीहरुको फेसभ्यालु प्रतिकित्ता १०० रुपैयाँ हो । 

यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता कम्पनीहरु :  

62343c52538c4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको