Like us!
Follow us!
Connect us!
Watch us!

कोराेनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १५ : ०९ मा प्रकाशित

कोराेनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्र मजबुत बनाउने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए । उनले भने, ‘सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको प्रवर्धन गर्ने योजना छ।’

उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझाव मागेका छन् । युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उनले उल्लेख गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागिपर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गरेका छन् ।

‘अहिले मुलुकमा तरलताको समस्या गम्भीररुपमा बढ्दै गइरहेको छ । समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ’, मन्त्री शर्माले भने।

अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखेर सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको भनाइ थियो।

सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्थाबारे छलफल गर्नु आवश्यक भएको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटनस्थित देव भीमसेन मन्दिर पुनःनिर्माणमा आफूहरुले सरकारसँग एक पैसा नलिइ सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्दै सो स्थानमा रहेका विभिन्न मूर्त तथा अमूर्त सम्पदा प्रवर्धनका लागि पर्यटकको घुमघामलाई लम्ब्याउन जरुरी भएको बताए ।

सङ्घका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले हरेक वर्ष मुलुकमा पाँच खर्बको अवैधानिकरुपमा कपडा व्यापार हुने गरेको उल्लेख गर्दै सो नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने औंल्याएका छन् ।

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले ललितपुरभित्र उत्पादन भएका र हुने गरेका थुप्रै वस्तु निर्यातमा सरकारले जोड दिएर मुलुककै सिङ्गो अर्थतन्त्रमा टेवा पुर्याउनसक्ने भनाइ राखेका छन् ।

कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो। यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पुर्याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको