Like us!
Follow us!
Connect us!
Watch us!

२ वाणिज्य बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

आइतबार, ०६ चैत्र २०७८, १३ : १० मा प्रकाशित

२ वाणिज्य बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) विभिन्न ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार एनएमबि बैंक लिमिटेडकाे १२.५० प्रतिशत बोनस बापतको २ कराेड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, एभरेष्ट बैंक लिमिटेडकाे ६ प्रतिशत बोनस बापतको ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता सेयर सूचिकृत भएको हो ।

यसका साथै, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बोनस बापतको २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको