Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १६ : ३८ मा प्रकाशित

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । 

बैंकले (२०७७८ चैत्र १ देखि २०७९ वैशाख ३१) सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले (NIC ASIA MoBank) प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । (NIC ASIA MoBank) मार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् । 

यस योजना अन्तर्गत बैंकका ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो (NIC ASIA MoBank) बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि बैंकका ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको (NIC ASIA MoBank) भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । 

साथै, बैंकका कुनै एक ग्राहक महानुभावले अर्को कुनै ग्राहक महानुभावलाई पठाएको रेमिट रकम NIC ASIA MoBank बाट सहजै बुझन सकिने नवीन सुविधा समेत यस एपमा रहेको छ । यसका लागि ग्राहक महानुभावहरूले NIC ASIA MoBank भित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन् । यस दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा ग्राहकहरुको अमूल्य समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रबद्र्धनमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

यस बैंकले कूल ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको